
दाङ । अनेरास्ववियु (छैठौं ) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि दाङको घोराहीमा हुँदैछ । उक्त सम्मेलनलाइ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको र देशभरिबाट प्रतिनिधिहरू समेत दाङ आइसकेका अनेरास्ववियु (छैठौं )का अध्यक्षय देबेन्द्र कुंवरले जानकारी गराउनुभएको छ। उक्त सम्मेलन १० देखि १२ गतेसम्म चल्ने र नयाँ नेतृत्व समेत छान्ने अध्यक्षय कुंवरले विश्व नेपालीलाई बताउनुभयो ।