सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्दार २को खोजी हुंदै

सप्तकोशीमा खसेको बसबाट १२ जनाको सकुशल उद्दार गरिएको छ।

विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको यात्रुवाहक बस साँझ ६ बजेतिर सप्तकोशीमा खसेको थियो। सप्तकोशीको ३५ नम्बर ढोकाबाट पानीमा खसेको बसबाट १२ जनालाई सकुशल बाहिर निकालिएको सुनसरी प्रहरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

बसमा सवार थप दुई जनाको अवस्था भने अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको भण्डारीको भनाइ छ। यात्रुको उद्दारमा सुनसरी र सप्तरीका प्रहरी परिचालन भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation