उनका अनुसार बसमा रहेका सबै २६ जना यात्रुको उद्धार गरिएको छ । बस विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको थियो । बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ । बिहीबार बेलुका करिब ६ बजे को १ ख ४६०१ नम्बरको नर्सिङ ट्राभल्स कोशी ब्यारेजको पुलस्थित ३४ नम्बर ढोकाको दक्षिणतर्फ खसेको हो ।
ढोका बन्द भएको हुँदा सो स्थानमा बालुवा रहेको र बसमा सवार २६ जनामध्य केही घाइते रहेको भन्टावारीस्थित बस ब्यवसायी पशुपति कामतले जानकारी दिए । उनका अनुसार पानी परिरहेको अवस्थामा बस नदीमा खसेको हो । दुर्घटनामा घाइते भएर सामान्य चोटपटक लागेका यात्रुलाई भन्टावारीस्थित क्लिनिकमा र अन्यलाई थप उपचारका लागि धरान लैजाने तयारी भएको कामतले जानकारी दिएका छन् । ब्यारेजको ढोका बन्द रहेको र बालुवातर्फ बस खसेकाले मानिस जोखिएको बताइएको छ ।











