बिस्व नेपाली मिडिया प्रा.लि .द्वारा सञ्चालित
सम्पर्क ठेगाना : बुटवल -६,चांदबारी रूपन्देही
सूचना तथा प्रसारण विभाग दर्ता नं: ४८६९/२०८१/०८२
प्रेस काउन्सिल सूचिकरण प्रमाणपत्र दर्ता नं:४८८२/२०१/०८२
कम्पनी दर्ताः ३४०४३८/२०८०/०८१
विज्ञापनका लागि
फोन नं: (☏) +977-9842295277
इमेल : 📧 info@vishwanepali.com
सम्पादक : बामदेव भण्डारी
संचालक तथा कार्यकारी सम्पादक : शंकर प्रसाद पोख्रेल
मार्केटिङ प्रमुख :
विश्व नेपाली डटकम नेपाली भाषाको समाचार पोर्टल हो । यो वेबसाईटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सूचना प्राविधि लगायत श्रमजीवी वर्गको पक्षमा बढी भन्दा बढी आवाज उठाउने कोशिश र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (छैठौं) को तेइसौँ राष्ट्रिय सम्मेलन दाङ्मा हिजोदेखि सुरु भएको छ ।
२०८१ असोज १२ गतेसम्म चल्ने सो सम्मेलनको उद्घाटन असोज १० गते बिहीबार दाङको घोराहीमा भएको हो ।
सम्मेलनको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी हुनुहुन्थ्यो ।
उहाँले पानसमा बत्ति बालेर तेइसौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।
सम्मेलनलाई राजमोका कार्यकारी अध्यक्ष रश्मिराज नेपाली, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, जातीय समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल र अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुन्डीराज शर्माले शुभकामना दिनुभएको थियो ।
एवम् प्रकारले शुभकामना दिने अन्य अतिथिहरूमा अखिल नेपाल कानुन व्यवसायी सङ्घका उपाध्यक्ष नुमानन्द आचार्य, नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसी, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुल्सी सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका महासचिव अमरध्वज राना, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेल, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदै, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य चुनचुन केसी, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य लालबहादुर भण्डारी, कतार नेपाली एकता समाजका केन्द्रीय सदस्य खगेश्वर भुसाल र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य मनिराम खनाल पनि हुनुहुन्थ्यो ।
सम्मेलनको उद्घाटन सत्रमा अखिल (छैठौं) का सचिवहरू सरोजमान सिंह र पुरन पोखरेल, पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र ढुङ्गाना, पूर्व केन्द्रीय सचिव गणेश आचार्य, पूर्व केन्द्रीय कोषाध्यक्ष भीमसेन वन, अखिल (क्रान्तिकारी) का अध्यक्ष दीपक पौडेल, अखिल (समाजवादी) का केन्द्रीय सचिव मदन सिंह, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशका इन्चार्ज हरि विष्टका साथै पत्रकारहरू कूलदिप न्यौपाने, जेऐन सागर, सरिता चौधरी, बसन्त पौडेल, छवि पुरीलगायतको आतिथ्य रहेको थियो ।
सम्मेलनमा उपाध्यक्ष गणेश अधिकारीले बधाई मन्तव्य राख्नुभएको थियो ।
सम्मेलनको दोस्रो दिन असोज ११ गते बन्दसत्र र तेस्रो दिन असोज १२ गते घोषणा सभा सपन्न हुने छैठौले बताएको छ।