
प्युठान ,
यहि असोज १० र ११ गते अखिल नेपाल युवक सङ प्युठानको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि तथा संघका केन्द्रीय उपाध्यक्ष हुमलाल नेपालीले उद्घाटन गर्नु भएको भेलालाई राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापा, नेकपा (मसाल) प्युठानका प्रबक्ता राम पहाडी, जनजाति सम्मेलनका केस अर्जुन थापा , युवक संघका केस भरत ढकाल लगायतले भेलाको सफलताको शुभकामना दिनुभएको थियो । भेलाको अध्यक्षता कमल पौडेल, स्वागत कुबेर भन्डारिले र संचालन मिनराज पुनले गर्नु भएको थियो ।बोम बहादुर खत्री, सुरेश थापा र बिदुर मल्ल ले विभिन्न बिसय हरुमा प्रशिक्षण दिनुभएको थियो ।
भेलाको अध्यक्षता कमल पौडेलले र स्वागत कुबेर भन्डारिले गर्नु भएको थियो। भेलाले १७ पुर्ण, ५ बैकल्पिक र ३ सल्लाहकार गरि २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जस्मा अध्यक्ष कमल पौडेल, उपाध्यक्ष कुबेर भण्डारी, सचीव हेमराज भट्टराई, कोषाध्यक्ष मिनराज पुन, सहसचिव टिकाराम आचार्य, सदस्यहरुमा सीता पुन, बसन्त सुनार, कमल नेपाली, तिलक बिस्ट, बसन्त केसि, उर्मिला लाम्बा, नबराज केसि, सङिता परियार, द्रोण रावल, सुवास बिस्ट, गिरबहादुर बिस्ट, स्यामबहादुर केसि हुनुहुन्छ ।यसै गरि बैकल्पिक सदस्य हरुमा अरबिन्द पुन, गणेश श्रेष्ठ, दिपक केसी, तिलक केसी, रामबहादुर पुन र सल्लाहकारमा हुमलाल नेपाली , बरुणध्वज मल्ल र भरत ढकाल रहनु भएको छ ।