
बुटवल । बुटवलबाट काठमाण्डौ जांदै गरेको विगर जिपसंगै पुरीदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुईटेल समेत छन्।
पृथ्वी राजमार्गको नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ति मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताईएको छ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालिका अनुसार सुक्रवार बिहान लु १ ज ४५७८ नंम्वरको उक्त जिपमा काठमाण्डौ जानका लागि बुटवलको टाफिक चोकमा रहेको काउण्टरबाट १० जना र राजमार्ग चौराहबाट टिकट लिएर ३ जना चढेका थिए।
यात्रुहरुले नाम नलेखाई समुहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ति मध्ये, बोम, कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोवाईल नम्वर मात्रै उल्लेख छ।
पश्चिम नेपाल बस ब्यवसायी प्रालिका टिकट साखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रुहरु रहेका थिए। उनीहरुको अझै सनाखत हुन सकेको छ्रैन्।
नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा झरेको पहिरोमा उक्त विंगर गाडी पुरिएको थियो।
प्रहरी प्रभाग नागढुंगाका अनुसार मृतक सबै बुटवलका हुन मृतक मध्ये बुटवल सेमलारकी सिर्जना कुंवर र उनका आफन्त २ जना रहेका छन्। पहिरोमा उक्त जिप संगै एउटा कार समेत पुरिएको र उद्धार चलि रहेको प्रहरीले बताएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।