लालटिन बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधरणसभा सम्पन्न

 

शंकर प्रसाद पोख्रेल ,बुटवल रुपन्देही

लालटिन बहुउद्देश्यीय सहकारी संस्थाको नवौं साधारणसभा बुटवलको एसियन पाटी पेलेसमा सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन जेष्ठ सदस्य पुतलिमाया गौतमले गमलामा पानी राखेर र पानसमा बत्ती बालेर गर्नुभएको थियो।
अध्यक्षय गंगालाल सापकोटाले प्रगति प्रतिबेदन र आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पेस गर्नुभएको थियो।कोसाधक्ष्य सिबराम घिमिरेले बित्तीय तथा आवको लागि बजेट प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। उमलाल बन्जाडेले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन पेस गर्नुभएको थियो। सबै प्रतिबेदनमाथि दफाबार छलफल भएर पास भएको अध्यक्ष गंगालाल सापकोटाले बताउनुभयो ।
साधारणसभाको अध्यक्षता सहकारीका अध्यक्ष गंगालाल सापकोटा स्वागत मन्तव्य उपाध्यक्ष गोपाल गैरे र संचाल सचिब दिनेश कुमार पान्डेले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation