बुटवल, नेपाल कम्युनिस्ट पार्टी रोहिणी गाउँ कमिटीले रुपन्देहीमा १५ घर परिवार लाई राहत बितरण गरेको छ। रोहिणि गाउँ पालिका वडा ५ बरवा गाउँका १५ घर परिवार लाई चामल पिठो, दाल तेल, स्वाबिन नुन र चाउचाउ बितरण गरेको हो।उक्त राहत बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका रोहिणि गाउँ कमिटी इन्चार्ज प्रदेशी सी, सेक्रेटरी बैजनाथ सी र युवा संगठन नेपाल रोहिणी गाउँ कमिटीका इन्चार्ज दिपेन्द्र सीको उपस्थिति रहेको थियो।
असोज १२ गते आएको भारी वर्षा बाट रुपन्देहीका सयौं घर डुबानमा परेका थिए। डुवान पीडित परिवार मध्य पुर्णक्षेति भएका परिवारलाइ राहत सामग्री बितरण गरेको युवा संगठन इन्चार्ज दिपेन्द्र सीले बताए।
पछिल्लो समय केही दिन अगाडी आएको भारी वर्षाको कारण देशभर ठूलो धनजनकोको क्षती भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी,ले प्रेस वक निकाल्दै देशभरका नेताकार्यकर्ता लाई उद्दार र राहत बितरण गर्न निर्देशन दिएका थिए।











