
दशैंको बेला जनताहरुलाइ न्यून शुल्कमा घर सम्म पुराउना नेपाली कांग्रेसका नेता तथा संघीय सांसद चन्द्र भण्डारीले सरकार संग माग गर्नुभएको छ।
सांसद भण्डारीले नेपाली दाजुभाई दिदीबहिनीहरु देशविदेशबाट चाडपर्व मनाउन घर जान विमानस्थलमा लाम लागेकको बताउदै । सडक सञ्जाल अबरुद्ध भयको, सञ्चालन भएकासडक पनि जोखिमपूर्ण रहेको, भन्दै यस्तो अवस्थामा सबै सरोकारवाला पक्ष सँग विमर्श गरी जहाजको संख्यालाई बढाई भाडामा ल्याएर वा किनेर वा दिन रात उडाएर भयपनी जनतालाई न्यून शुल्क लिई गन्तव्यमा पुर्याउन माग गर्नुभएको छ।
सांसद भण्डारी यसो भन्नुहुन्छ जस्ताको तस्तै हेर्नुहोस
आज नवदुर्गाको प्रथम दिन घटस्थापनाको दिन अत्यन्त भारी हृदयका साथ सम्पूर्ण नेपालीलाई केहि दिन अघि हामीले सामना गरेको विपदलाई सहने र त्यसबाट बाहिर निस्किन सक्ने शक्ति दुर्गा माताले प्रदान गरुन भन्ने कामना गर्दछू। साथै त्रिभुवन विमानस्थल तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। हाम्रा दाजुभाई दिदीबहिनीहरु देशविदेशबाट चाडपर्व मनाउन घर जान विमानस्थलमा लाम लागेका छन। सडक सञ्जाल प्रायः अवरुद्ध छन्। सञ्चालन भएका पनि जोखिमपूर्ण छन्। यस्तो अवस्थामा सबै सरोकारवाला पक्ष सँग विमर्श गरी जहाजको संख्यालाई बढाई भाडामा ल्याएर वा किनेर वा दिन रात उडाएर हुन्छ तर ईमान्दार पुर्वक जे उपयुक्त हुन्छ जनतालाई न्यून शुल्क लिई गन्तव्यमा पुर्याउन अनुरोध गर्दछु। जनता बिनाको देश हुन सक्दैन हेक्का रहोस।काम भएको छैन भन्न खोजेको पटक्कै होईन तर काम भएको अनभुती जनताले गर्नु पर्दछ भन्ने संकटको समयमा ठुलाबढा बाट लुट्ने प्रबृति लाई रोक्नु पर्दछ मेरो धारणा हो !!!