
कुल बहादुर बगाले
जालन्धर
४अक्टुबर २०२४
भारतको पंजाब राज्यको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धरको १४ औं नगर सम्मेलन एवं तिजी कार्यक्रमको समिक्षा आईतबार २९ सेप्टेम्बर २०२४ को सम्पन्न गरिएको छ।
मूल प्रवाहका केन्द्रीय सदस्य एंव सुदुर पश्चिमोत्तर क्षेत्रिय सचिव कुल बहादुर बगाले प्रमुख अतिथि रहेको सो समिक्षा समारोहमा मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, नगरका रामु बिक, जुना सुनार, हिम प्रसाद लक्ष्मण केसी, नारायण पोख्रेल सन्जीत बस्याल, चन्द्र बस्याल माधव खनाल, देवसिंह गुरुङ, जमुना गाहा, लक्ष्मी थापा, इन्दिरा कुँवर, रमा बिष्ट, रोशनी बस्याल, बसन्ता खत्री, सरिता बस्याल, माया केसी, माया परियार, शान्ता चौधरी, मनिकला बस्याल, गोमा बिक, कमला बिक, मीना सुनार, मीना बिक, सुमित्रा नेपाली़, कविता थापा, विवेक सारु, निरज सोमै, सविता थापा, प्रकाश गाहा, नेती सोमै ,अमृता बिष्ट लगाएतले आ आफ्नो समिक्षा बिचार राख्नु भएको थियो।
अतिथिहरुलाइ जमुना गाहा, रमा बिष्ट, रोशनी बस्याल र गोमा बिकले खादा ओढाएर सम्मान गर्नु भएको थियो भने १४ औं नगर नेपाली एकता सम्मेलनको दौरानमा मेष व्यवस्थापन गरि सहयोग पुर्याउनु हुने “हाम्रो स्वर्गद्वारी बस व्यावसायिक समिति”लाई नगर समितिको तर्फबाट लक्ष्मी थापा र इन्दिरा कुँवरले स्मृति चिन्ह दिएर सम्मान गर्नु भएको थियोे। सम्मान सो समितीका राजु केसीले ग्रहण गर्नु भएको थियो ।
कार्यक्रम जीतमान थापाको अध्यक्षतामा तथा तिल बहादुर थापाको संचालनमा सम्पन्न भएको हो भने स्वागत लक्ष्मण खड्काले गर्नु भएको थियो ।