
अखिल नेपाल शिक्षक संघ प्युठानले ३८ औ स्थापना दिवस सम्पन्न गरेको छ ।
बहुउद्देश्यीय शैक्षिक भवनमा २०८० असोज १७ देखि २०८१ असोज १६ भित्र प्युठान जिल्लाबाट सेवा निवृत्त शिक्षकहरूलाई दोसल्ला ओढाएर र सम्मानपत्रले सम्मान गर्नुका साथै युवाहरु विदेश पलायन र देशको अन्धकार भविष्य बिषयमा आधारित माध्यमिक स्तरीय कविता प्रतियोगिता समेत सम्पन्न भएको थियो । करिब एक दर्जन विद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको प्रतियोगितामा महेन्द्र मा बि खलंगाका सुनिता सिर्पाली प्रथम , बालशिक्षा मा बि मच्छिका धनमाया गिरी द्वितीय , जनता मा बि बाग्दुलाका अञ्जली नेपालीले स्थान हासिल गर्नुभएको थियो । सबै प्रतियोगीका कविताले नेपाली युवाको विदेश पलायनले वास्तवमा देशको अन्धकार भविष्य रहेको यसको कारक राज्य संचालक नै रहेको सन्देश दिएका थिए । अखिल नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष डम्मरसिङ जि सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय महासचिव चक्रपाणी पौडेलले पेसागत हकहितका साथै मेहनती र सिर्जनशील हुनुपर्ने कुरा औल्याउँदै सेवा निवृत्त जीवनलाई कृयाशील बनाउनुपर्छ भन्ने शुझाव दिनुभयो । कार्यक्रममा सस्थापक अध्यक्ष बोमबहादुर खत्री, अखिल संघ केन्द्रीय सचिब बालाराम पोख्रेल , केन्द्रीय सदस्य बिन्दु बिष्ट , पुर्व महासचिव शंकर आचार्य , निबृत्त शिक्षक मेघराज पौडेल र दिनामणी पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रमको सन्चालन जिल्ला सचिब ध्रुव गिरीले गर्नुभएको थियो ।