११ वर्षीय बालक र १२ वर्षीया बालिकालाई खोलाले बगायो दुबै बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्।

शुक्रबार स्थानीय मैवाखोलाको खार्तेस्थित दहमा पौडी खेल्ने क्रममा स्थानीय संजहाङ बराइलीका छोरा अन्दाजी ११ वर्षीय सन्देश बराइली र सोही ठाउँकै रिन्जिन शेर्पाकी छोरी अन्दाजी १२ वर्षीया आइतारानी शेर्पा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

पौडी खेल्नसँगै गएका आइतरानीका दाजु १४ वर्षीय कुसुले शेर्पाले घरमा गएर दुई जनालाई खोलाले बगाएको भन्ने जानकारी गराएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। बेपत्ता बालबालिकाको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation