नवलपरासीको खुर्सानी  खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अबरुद्ध

नवलपरासी । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात एकतर्फी सञ्चालन गरिएको सडक शनिबार विहान फेरी अवरुद्ध बनेको छ ।

पश्चिम नवलपरासीको बर्दघाट- ४ स्थित ।खुर्सानी  खोला नजिकै सडक भासिएपछि यातायात आवागमन पूर्णरुपमा अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराका अनुसार शुक्रबार साँझ सडक भासिएपछि मर्मत गरि मध्यरातमा केही घण्टा संचालन भएपनि अहिले फेरी सडक दुईतर्फी बन्द भएको छ ।

भासिएको सडकको मर्मतको काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिम बाट आउने जाने सवारी जाममा रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्कीने र भासिने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation