
बाढीपहिरोले ग्रामीण सडक अवरुद्ध भएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मगरगाउँका पीडितलाई चामललगायत राहत वितरणका लागि हाम्रो टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा ड्रोनमार्फत आइतबार राहत सामग्री पठाउँदै । उक्त गाउँका लागि आइतबार र सोमबार ८५ परिवारका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ ।