विजया दशमीको भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत

रुपन्देही । दशैंको मुख्य दिन भोलि विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ । भोलि बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको  पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन बिहानैदेखि टीका लगाउन बाधा नपर्ने भएकाले साइत कुर्न नपर्ने र भोलि दिनभर नै टीका लगाउन सकिने समेत समितिले जनाएको छ ।

चन्द्रमा दाहिने पारेर दशैंको टीका लगाउँदा पूर्व फर्कने र लगाइदिने पश्चिम फर्केर लगाइदिँदा राम्रो मानिन्छ ।

नेवार समुदायले यो दिन मोहनी नख: मनाउने चलन छ । ९ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरी उमारिएको नल स्वा अर्थात् जमरा लगाउने चलन छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation