
रुपन्देही
रुपन्देहीको तिलोत्तमा १५ पत्थरडाँडा सिक्कलेन सडकखण्डमा गयराति २ वटा मोटरसाइकल र एउटा स्कुटी ठोक्किदा ७ जना भाइते भएका छन । गयराती करीब साढे ८ बजे भैरहवाबाट बुटवलतर्फ आउदै गरेको लु३१प ६५६ नम्बरको पल्सर मोटरसाइकलले सोही दिशामा हिडिरहेको लु४८प ३८१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो क्रममा स्कुटर उछिट्टिएर सोही लेनमा हिडिरहेको लु७५प ७६९३ नम्बरको अर्को मोटरसाइकलसँग ठोेक्किन पुगेको थियो । सो क्रममा ७ जना घाइते भएका छन । जसमध्ये १ जनाको अवस्था गंभीर रहेको छ । घटनामा परि स्कुटरमा सवार तिलोत्तमा ७ भलवारी निवासी १३ बर्षिय बालक सनरोज रेग्मी गंभीर घाइते भएका छन । टाउकोमा चोट लागेका सनरोजको बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचार भैरहेको छ । स्कुटर चालक सनरोजका ४२ बर्षिया बाबा बलराम रेग्मी र पछाडी सवार १४ बर्षिया दिदी बर्षा रेग्मी सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । यसैगरि स्कुटरलाई ठक्क्र दिने पल्सरमा सवार तिनपा ७ दल्का बस्ने चालक बर्ष २६ का बब्लु कहाँरको टाउको र अनुहारमा चोट लागेको र अवस्था मध्यम तथा क्रिमसन अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पल्सर मै सवार दल्का कै ३० बर्षिया कान्छा मुसिहारको पनि क्रिमसन मै उपचार भैरहेको छ । यसैगरि घटनामा परि लु७५प ७६९३ नम्बर मोटरसाइकलका चालक बुटवm ११ देवीनगर निवासी ३२ बर्षिय कृष्ण विक र उनकी श्रीमति २६ बर्षिया तुल्सि विक भने सामान्य उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।