
चेन्नई, १३ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिद्वारा सञ्चालित किल्पाक एरिया समितिको २२औं बार्षिक सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ ।
राजकुमार सुनारको अध्यक्षता, नेत्रलाल शर्माको सञ्चालनबाट अगाडि बढेको उक्त सम्मेलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्दीराम पौडेलको प्रमुख आतित्थ्यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय सदस्य जनकराज पौडेल, काशीराम शर्मा, खगेश्वर सुनार, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, क्षेत्रीय सदस्य गोविन्द शर्मा, किशोर शर्मा, महिला बिभाग संयोजक गोमा कुमारी शाही, साँस्कृतिक बिभागबाट डिल बहादुर जिएम, मूल प्रवाह अखिल भारत नेपाली समाज चेन्नई पूर्व नगर समितिका सदस्य सुनिल नेपाली र पश्चिम नगर समितका सदस्य प्रकाश नेपालीको अतिथि आसन ग्रहण ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौनधारण, प्रस्ताव उपस्थित जनमानसलाई रक्ति साँस्कृतिक अभियानका कलाकारले गीतबाट र अनिता गिरीले शब्दबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बुद्धि पौडेलले मैनबत्ती बालेर तालीको गडगडाहा बीच गर्नुभएको थियो । उहाँले उद्घाटन भाषणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज स्थापना कालदेखि भिजन नीति र सिद्धान्तमा आधारित रहेर चलेको संगठन हो । त्यसैले भारतव्यापी रूपमा फैलिन सफल भएको छ । २०२४ लाई एउटा पर्वको रुपमा लिँदै नगर सम्मेलनहरू सम्पन्न भइराखेका छन् यसै सन्दर्भमा चेन्नईमा पनि नगर सम्मेलनको तयारीको लागि व्यापक रुपमा एरिया सम्मेलनहरू सम्पन्न गरिरहेका छौं ।
संगठन सञ्चालन र चलाउनको निमित्त भिजन र नीति चाहिन्छ । कसैले मूल प्रवाहको विरुद्धमा फुलबुट्टा भर्दैमा संगठन चल्दैन भन्दै– कोही साथीहरु अझै पनि भ्रममा हुनुहुन्छ भने मूल प्रवाहले आफ्नो ढोका सधैं खुला रहेको बताउनु भयो । पौडेलले कतै अलमल र भ्रममा नपरी मूल प्रवाहको झण्डामुनि आबद्ध हुन आह्वान गर्नुभएको थियो ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा मूल प्रवाह अखिल भरात केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष चन्द्रबहादुर थापा, केन्द्रीय सदस्य केशमान नेपाली केन्द्रीय सदस्य जनकराज पौडेल, केन्द्रीय सदस्य काशीराम शर्मा, केन्द्रीय सदस्य खगेश्वर सुनार, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सदस्य गोविन्द शर्मा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिका सदस्य प्रकाश नेपाली लगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शुभकामना मन्तव्य प्रस्ताव दोस्रो चरणको कार्यक्रम चन्द्रकान्त शर्मा, खगेश्वर सुनार र किशोर शर्मा रहेको तीन सदस्यीय चुनाव आयोग निर्देशनमा बन्दशस्त्र कार्यक्रम अगाडि बढेको थियो । चुनाव आयोगको तर्फबाट संख्या र नामावलीको प्यानल केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधि र पर्वेक्षकबाट प्रस्तुत प्यानललाई एकमतले पारित भएको थियो । एरिया समितिको प्रतिवेदन र आर्थिक प्रतिवेदन एरिया समितिका सचिव नेत्रलाल शर्माले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भए लगत्तै राजकुमार सुनारको अध्यक्षतामा १३ पूर्ण ३ वैकल्पिक र तीन सल्लाहकार गरी १९ सदस्यीय नयाँ समितिको नामावली चन्द्रकान्त शर्माले प्रस्तुत गर्नुभएको थियो ।
जसमा : उपाध्यक्ष– रामु नेपाली ‘सि’, सचिव– विज्ञान नेपाली, सहसचिव– रवि नेपाली, कोषाध्यक्ष– नेत्र लाल शर्मा, पूर्ण सदस्यमाः अशोक नेपाली, बुद्ध नेपाली, रामु नेपाली ‘वि’, गोविन्द नेपाली, अनिता गिरी, कविता योगी, जानकी बिसी, कमला नेपाली, वैकल्पिक सदस्यमा : कृष्ण परियार, प्रेम नेपाली र लालबहादुर नेपाली रहनुभएको छ । कोपिला नेपाली, लक्ष्मी बिष्ट र अनु नेपालीलाई सम्मेलनले सल्लाहकार चयन हुनुभएको छ ।
समितिको तर्फबाट समितिका अध्यक्ष राजकुमार सुनारले शपथ ग्रहण लिनु भएको थियो । कार्यक्रमको बीचबीचमा रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो भने नवनिर्वाचित समितिलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम नगर समितिका सचिव किशोर शर्मा, पूर्व नगर समितिका सदस्य सुनिल नेपाली, महिला विभाग संयोजक गोमाकुमारी शाही र रक्तिम क्षेत्रीय विभाग सदस्य डिल बहादुर जिएमले बधाई तथा कार्यकाल सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । अन्तमा आयोजक समितिको तर्फबाट रामु नेपालीले धन्यवाद ज्ञापन गर्नुभएको ।