ह्युस्टनमा दशै ,तिहार सांस्कृतिक सांझ हुने

 

रुपन्देही :  ह्युस्टनमा दशैं तिहारको अवसरमा  ह्युस्टनमा   साङ्गीतिक कार्यक्रम हुने भएको छ। यही अक्टोबर १९ शनिवार भिआइपी मुभमेण्टले ह्युस्टन पशुपति मन्दिर परिसरमा दिउँसो दुई बजेदेखि साँझ आठ बजेसम्म कार्यक्रम गर्न लागिएको आयोजकले  बताय।

नेपाली गीत-सङ्गीतको प्रवर्द्धन तथा हालै नेपालमा धेरै असर पुर्‍याएको बाढी पहिरोबाट प्रभावितहरूको आर्थिक सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको आयोजक विष्णु कार्की र रन्जीत गौलीले बताएका छन्।

संकलित रकमबाट खर्च कटाएर बचेको सबै रकम नेपालमा बाढी पहिरो पीडितहरुको सहयोगको लागि दान गरिने आएजकले बतायका छन।

कार्यक्रममा गायिका मिलन नेवार सहित कलाकारहरु अन्जली अधिकारी, खेम सेन्चुरी र राधिका कंडेल आउने छन्। कार्यक्रममा उनीहरुको संयुक्त प्रस्तुति रहने आयोजकले जनाएका छन्।

हिमालयन कल्चरल सेण्टरको प्राङ्गणमा हुने कार्यक्रममा ३० डलर प्रवेश शुल्क निर्धारण गरिएको छ।

कार्यक्रममा जति धेरै सहभागिता बढ्छ त्यति नै बढी रकम संकलन हुने र बाढी पहिरो प्रभावितलाई सहयोग  पुग्ने  भएकोले सम्भव हुने जतिलाई ह्युस्टनमा कार्यक्रममा उपस्थित हुन आयोजकले आग्रह गरेका छन।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation