शंकर प्रसाद पोख्रेल
बुटवल ,
रक्तिम सांस्कृतिक अभियानकि दिबङ्गत कलाकार लक्ष्मी गुरुङको नाममा रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितिले अक्षय कोष स्थापना गरेको छ।
कोष अहिलेलाई दुई लाखको भएपनी आफुहरु पाँच लाख पुराउने योजनामा रहेको रक्तिमका महासचिव हेमराज आश्रमले बताउनुभयो।
रक्तिम सांस्कृतिक अभियानकी केन्द्रिय कलाकार तेस्रो स्मृति कार्यक्रममा अक्षय कोष को घोषणा गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथ्या राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले ,लक्ष्मी गुरुङको नाममा निकालिएको रक्तिम सांस्कृतिक अभियान नाममा पुस्तकको बिमोचन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै केसिले लक्ष्मी गुरुङ असली जनबादी कलाकार भएको बताउदै सबै रक्तिम कलाकर हरुले गुरुङ बाट सिको गर्नुपर्ने बताउनुभयो ।
केसिले देशमा फेरि राजनीति उथलपुथल हुने संकेत व्यक्त गर्दै देशमा सहि राजनीति स्थापना न भएसम्म देशले निकास न पाउने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता रक्तिमका अध्यक्ष गिरी प्रसाद बुढा र संचाल महासचिव हेमराज आश्रमले गर्नुभएको थियो।कार्यक्रमको स्वागत रक्तिमकि सल्लाहकार मिना बुढाथोकीले गर्नुभएको थियो।कार्यक्रममा विभिन्न मोर्चाका ब्याक्तीहरुले मन्तव्य राख्नुभएको थियो।












