न्धनको मूल्य घट्यो, पेट्रोल २ रुपैयाँ र डिजेल–मट्टितेल १२ रुपैयाँ सस्तो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल–मट्टितेलको मूल्य घटाएको छ। निगमले बिहीबार जारी गरेको सूचनाअनुसार नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू हुनेछ।
नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ। यससँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation