रक्तिमको ३ दिने प्रशिक्षण कार्यक्रम केसी द्वारा उद्घाटन

 

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,

रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितीको सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षणको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्र बहादुर केसिले मैन बत्ती बालेर उद्घाटन गर्नुभएको  छ।

उद्घाटन मन्तव्यमा बोल्दै केसीले रक्तिमका कलाकारहरु भनेका नाच्नी गाउनी मात्र न भएर सैद्धान्तिक र राजनीतिमा लेस हुनुपर्नेमा जोड दिनुभयो केसीले रक्तिमले देशको आमूल परिवर्तनको लागि महत्त्वपूर्ण भुमिका खेलेको बताउदै रक्तिम र जनताहरुको सम्बन्ध नङ र मासुको जस्तै भएकोले रक्तिम अब गाउँ गाउमा सैधान्तिक राजनीतिक बिचारका सथमा जनबादी गित संगितसहित जनताहरु सामु जानुपर्ने बताउनुभयो।

उद्घाटन सत्रमा राजमो महासचिव मनोज भट्टले रक्तिम सांस्कृतिक अभियान जनताहरुको मन -मन मा रहेको प्यारो संगठन भएकोले अब रक्तिमका कलाकारहरु नाच्ने र गाउनेमा मात्र सिमित न भएर सैद्धान्तिक र राजनीतिक रूपमा लेस हुनुपर्ने बेला आएको बताउनुभयो ।

राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेस थापाले कलाकारहरूको भुमिका देशको जनबादी आन्दोलनमा अग्रडि रहने गरेको बताउदै बैचारिक रूपमा कलाकारहरु परिपक्क हुनेपर्नेमा जोड दिनुभयो।

रक्तिम सांस्कृतिक अभियानको  तीन दिने प्रशिक्षणको उद्घाटन कार्यक्रम रुपन्देहीको बुटवल राजमो कार्यलयमा भएको हो।

कार्यक्रमको अध्यक्षता रक्तिमका केन्द्रिय अध्यक्ष गिरिप्रसाद बुढाले गर्नुभएको थियो भने स्वागत भासण उपाध्यक्ष बाबुराम आचार्य र संचालन महासचिव हेमराज आश्रमले गर्नुभएको थियो।

कार्यक्रमा रक्तिम कलाकारहरूले रक्तिम गित र नृत्य द्वारा स्वागत गरेका थिय।
सैद्धान्तिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम तीन दिन सम्म चल्ने महासचिव हेमराज अश्रमले बताउनुभयको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation