दाङमा राजमोको ‘सासवि’ अभियान जेठ १ देखि सुरु

काठमाडौँ । राष्ट्रिय जनमोर्चा दाङले आगामी जेठ १ गतेदेखि जिल्लाभर साधारण सदस्यता वितरण (सासवि) अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। वैशाख १६ गते देउखुरीमा बसेको बैठकले उक्त निर्णय गरेको हो।
जिल्ला अध्यक्ष गणेश आचार्यद्वारा जारी प्रेसविज्ञप्तिअनुसार अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ। बैठकले फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टीलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिएको छ।
त्यस्तै, आगामी जेठ २९ गते घोराहीमा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीको उपस्थितिमा संविधान संशोधन विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय पनि गरिएको छ।
प्रेसविज्ञप्तिमा अतिक्रमित भूमि हटाउने नाममा सरकारद्वारा सुकुम्बासी तथा भूमिहीनमाथि अन्याय भइरहेको भन्दै वास्तविक सुकुम्बासी पहिचान गरेर उचित व्यवस्थापनपछि मात्र हटाउनुपर्ने माग गरिएको छ। साथै, कानुनी मापदण्ड बिना नागरिकलाई विस्थापित गर्ने कार्य मानवअधिकारविरुद्ध भएको भन्दै आलोचना गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation