दैलेख र रूपन्देहीमा भारी वर्षा मापन

दैलेख र रूपन्देहीमा पछिल्लोचौबीसघन्टामा भारी वर्षा मापन भएको छ।

बाढी पूर्वानुमान महाशाखाले दैलेखको काटी, रूपन्देहीको भैरहवा र लुम्बिनीमा धेरै भारी वर्षा भएको हो।

दैलेखमा ११०.२ मिलिमिटर, भैरहवामा १८४ मिलिमिटर र लुम्बिनीमा १५३.६ मिलिमिटर वर्षा मापन भएको छ।

तिलोत्तमा पनि १०६ मिलिमिटर वर्षा भएको छ।

दाङको लालमतियामा ११६ मिलिमिटर, गोरखाको आरूघाटमा १०८.८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्‍यो भने अति भारी वर्षा भनिन्छ।

त्यस्तै विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ।

मकवानपुरको रजैया केन्द्रमा ९२.४ मिलिमिटर, मनहरीमा ८४.६ मिलिमिटर, नुवाकोटको ककनीमा ९२.४ मिलिमिटर, बिदुरमा ९० मिलिमिटर, काठमाडौंको बुढानीलकण्ठ केन्दरमा ६७ मिलिमिटर वर्षा मापन भएको  जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation