कतार नेपाली एकता समाजको प्रगतिशील तिज कार्यक्रम सम्पन्न

 

शंकर प्रसाद पोख्रेल  ,बुटवल नेपाल

कतार नेपाली एकता समाजले  प्रगतिशील तिज कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ।

कतार नेपाली एकता समाजका अध्यक्ष राम प्रसाद पराजुलीका अनुसार करिब ४५० नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुको सहभागीतामा उत्क कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बाट निर्बाचित पुर्ब सांसद तथा अखिल नेपाल महिला संघकी अध्यक्ष मिना पुनको अतिथ्यता  रहेको थियो। कतराका विभिन्न संघ संस्था महिला दिदिबहिनीहरुको पनि उपस्थिति थियो।कार्यक्रममा रक्तिमका कलाकार हरुले गित र नृत्य प्रस्तुत गर्नुका साथै महिला दिदिबहिनी हरु तिजको मौलिक गितमा रमाइरहेका थिय।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation