
राष्ट्रिय जनमाेर्चा तंग्रामका सक्रिय कार्यकर्ता मन बहादुर थापाकाे ममतामयी आमा हाम्रा पार्टीका सुभचिन्तक काठेखाेला गाउँपालिका वडा न ४ तंग्राम पढेरा निवासी मसिना थापाको ७४ बर्षकाे उमेरमा २०८१ चैत्र ८ गते उपचारकाे क्रममा भएको दुखद निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मिति २०८१ चैत्र ११ गते चाैथाे दिन तंग्राम पढेरा स्थित घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य लक्ष्मण पुन, जिल्ला सदस्य टिकासंगम बिक, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका उपाध्यक्ष ओम पुन, राजमाे तंग्रामकाे अध्यक्ष बिष्णु कडेल, सचिव थिर बहादुर राना, सदस्य नर बहादुर थापा, भिम जाेल्मी, हिरा बिक, सस बहादुर बिक, पुर्ण बहादुर पुन, थमन पुन, जातीय समता समाज बागलुङका सदस्य भिम बिक लगायतका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियाे ।