रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने

काठमाडौं, असार ७ । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।
गगन थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार रास्वपाले उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि निमन्त्रणा दिएपछि थापा कार्यक्रममा सहभागी हुन लागेका हुन्।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना आदानप्रदानका लागि विभिन्न विपक्षी दलका नेताहरूलाई समेत निमन्त्रणा गरेको जनाएको छ। महाधिवेशनलाई राजनीतिक दलहरूबीच संवाद र सहकार्यको अवसरका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation