
रमा पन्थी । २०८१ चैत १० रुपन्देही – स्थानीय तहमा दलित तथा सीमांकित महिलाहरूको आर्थिक सशक्तिकरणलाई प्रवर्द्धन गर्न (Karuna Trust, UK) करुणा ट्रस्ट ,युके र दलित महिला संघ (FEDO), रुपन्देही को सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सैनामैना नगरपालिका-३ को वडा कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा स्थानीय सरकार, गैरसरकारी संस्था, महिला अधिकारकर्मी, उद्यमशील महिला, राजनीतिकर्मी, पत्रकार तथा समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले महिलाहरूको वित्तीय पहुँच, सीप विकास, रोजगारीका अवसरहरू र नीतिगत सुधार जस्ता विषयमा गहन छलफल गरे।
सीमांकित महिलाहरूको आर्थिक अवस्था सुधार गर्न सरकारी तथा गैरसरकारी तहबाट आवश्यक पहलबारे छलफल गरिएको थियो।
महिलाहरूलाई बैंक, सहकारी, ऋण योजनाहरू जस्ता वित्तीय स्रोतमा सहज पहुँचको आवश्यकता बारे जानकारी दिइएको थियोे ।
नीति सुधार र आर्थिक पहुँचमा जोड दिने उदेश्यले राखीएको उक्त कार्यक्रम उद्यमशीलता, सीप विकास र रोजगारीका अवसरहरू मा दलित महिलाहरूको पहुँच बढाउने विशेष केन्द्रित थियो।
स्थानीय स्तरमा महिला सशक्तिकरणका लागि नीति निर्माणमा सरोकारवालाको संलग्नता सुनिश्चित पनि आबस्यक छ ।
स्थानीय सरकारको धारणा बुज्दा तालिम र अनुदान के कस्तो छ भन्ने सबालमा नगर पालिकाका उपप्रमुख बिना रानाले उक्त
कार्यक्रममा दलित महिला संघकी प्रतिनिधिले सीमांकित महिलाहरूलाई अनुदान, सीपमूलक तालिम र आर्थिक सहायता उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिइन्। साथै, जातीय तथा लैंगिक विभेद ले महिलाहरूको आर्थिक स्वतन्त्रतामा पारेको प्रभावबारे पनि चर्चा गरिन्।
त्यस्तै, सैनामैना नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले दलित महिला अगाडि बढेर आफ्ना आबस्यक्ता माग गर्न सक्ने भएर आउनु पर्छ । उद्यमशीलता प्रवर्द्धन गर्न विशेष योजनाहरू अघि बढाइरहेको छौं । योजना लिएर आएमा साथमा भएको र भविष्यमा नीति निर्माणमा महिलाहरूको सशक्त सहभागिता सुनिश्चित गरिने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना अनुभवहरू साझा गर्दै वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न कठिनाइ, सीप विकास तालिमको अभाव र बजार पहुँचको समस्या ,सस्थाले दिने तालिम पनि उपलब्धि बिहिन र पुर्खोली र बजार नभएका कारण धेरै चुनौतीहरू छ्न भन्नेमा विषयमा खुलेर बोले। उनीहरूले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने माग समेत राखे।
अन्तरक्रिया कार्यक्रममार्फत अझै पनि महिला बाहिर निस्कन तालिममा आउन नसकेको अबस्थामा समाज छ । सशक्तिकरणका लागि सरकारी तथा गैरसरकारी तहबाट समन्वित प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको छ। सहभागीहरूका अनुसार, नीति निर्माणमा महिलाहरूको सक्रिय भूमिका अनिवार्य छ। आयोजकहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।