
बुटवल,१३ चैत । रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठककाे सडक दुर्घटनामा निधन भएकाे छ।
तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चाैराहमा दुर्घटनामा परेका थिए।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो ३:३३ बजे आफैंले चलाएकाे लु ३६प ८४४८ नम्बरको माेटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएकाे हाे।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेका थिए।