रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका १ ड्राइभरटोलमा रहेको आई सि एफ सि फाईनान्स लिमिटेड ड्राइभरटोल शाखाले आज एक कार्यक्रमका विच सरस्वती टोल बिकास समितीको ‘ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा, राम्रो तिलोत्तमा हाम्रो तिलोत्तमा’ भन्ने मुल नारालाई सफल बनाउने उद्देश्यले Corporate Social Responsibility(CSR) अन्तर्गत फोहोरको उचित ब्यवस्थापन एवम शुन्दर पर्यावरणका लागि डस्बिन हस्तान्तरण गरेको छ। कार्यक्रममा बिभिन्न बुद्धिजीवी भद्रभलादमीहरूको उपस्थित रहेको थियो।टोल बिकास सस्थाका अध्यक्ष ज्यु लगायत स्थानिय बासिहरूले उक्त कार्यक्रमको उच्च प्रशंसा गर्दै आगामि दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा अग्रसर हुनेपर्ने शुभकामना दिदै आगामी दिनहरुमा पनि हामीसंग हातेमालो,सहकार्य गर्दै अगाडि बड्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
सरस्वती टोल बिकास सस्थाको अभियानलाई सफल पार्ने अभियानमा आई सि एफ एम ड्राइभर टोल शाखाले हातेमाल गर्न पाउदा अत्यन्तै गौरवान्वित भएको म्यानेजर सन्तोष बहादुर एम.सिले जानाकारी दिनु भयो।











