काठमाडौंमा समाजवादी मोर्चाको गणतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौंमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ।

विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ।

जनसभा केहीबेर अघिदेखि सुरू भएको छ।

सभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्नेछन्।

गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको हो।

साथै सरकारका गलत कदमविरुद्ध खबरदारी गर्न पनि समाजवादी मोर्चाले प्रदर्शन र जनसभा गरेको बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation