राजतन्त्र पक्षधरहरुको प्रदर्शन उग्र

काठमाडौं । राजतन्त्र पक्षधरहरुको प्रदर्शन उग्र भएपछि अहिले तीनकुनेको अवस्था तनावग्रस्त भएको छ ।

भीडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको छ ।

प्रदर्शनकारीले व्यक्तिको घरमा तोडफोड गर्दै आगजनी गरेका छन् । आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले सुरुमा हवाई फायर गरेको हो । त्यसपछि आगो निभाउन नसकी दमकल फर्किएको छ भने ढुंगामुढाबाट केही प्रहरी घाइते भएका छन् ।
प्रहरीले तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation