
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा राजावादीहरुले आगजनी गर्दा एभिन्यूज टेलिभिजनका भिडियो पत्रकारको मृत्यु भएको छ ।
एभिन्यूज टेलिभिजनको प्रतिष्ठान शाखाले एभिन्यूज टेलिभिजनमा काम गर्ने भिडियो पत्रकार सुरेश रजकको आगोमा परेर मृत्यु भएको जनाएको छ ।नेपाल प्रहरीले तीनकुनेस्थित उक्त घरको चौथो तलामा जलेको अवस्थामा एक जनाको शव भेटिएको जनाएको छ । रजक उक्त घरमा आगो लाग्दै गर्दा घरको माथिल्लो भाग छतमा बसेर भिडियो खिच्दै थिए ।