
बुटवल, चैत १६ गते । गणतन्त्रबिरुद्व काठमाण्डौमा राजावादीहरुको आन्दोलनमा मारिएका पत्रकार, मिडिया हाउस, राजनीतिक दलका पार्टी कार्यालय र व्यक्तिको घरमा भएको क्षत्रीको पत्रकारहरुले बिरोध गरेका छन् । आन्दोलनको रिपोर्टिङ गर्न गएका एभिन्युज टेलिजिनमा कार्यरत पत्रकार शुरेस रजकको चैत १५ गते काठमाण्डौमा मृत्यु भएपछि देशभरका पत्रकारहरुले शोक मनाउंदै उक्त घटनाको बिरोध गरेका छन् ।
गणतन्त्रबिरुद्व आन्दोलित राजावादीहरुका काराण पत्रकार शुरेस रजकको मृत्यु भएकाले आन्दोलन आयोजना गर्ने आयोजकहरुलाई तत्काल कारावाही गर्न र मृतक पत्रकारको परिवारलाई उचित क्षतीपूर्ति उपलबध् गराउन पत्रकारहरुले राज्यसंग माग गरेका छन् । मृतक पत्रकारको परिवारलाई उचित क्षतीपूर्ति, मिडिया आउसहरुमा भएको भौतिक क्षतीको क्षतिपूर्ति दिन माग गर्दै पत्रकारहरुले उक्त घटनाको घोर निन्दा एवं भ्रत्सना गरेका छन् ।
नेपाल पत्रकार महासंघको ७० औं स्थापनामा जुटेका देशभरका पत्रकारहरु स्थापनाको खुशीयालीलाई थाति राखेर उक्त घटनाको बिरोधमा आन्दोलित भएका छन् । उक्त घटनाको बरोध गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा मौन जुलुस निकालेको थियो । महासंघको भवनबाट बिहान निकालिएको मौन जुलुस जेसीज चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
उक्त कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले राजावादीहरुको आन्दोलनले गणतान्त्रिक व्यवस्था परिवर्तन हुन नसक्ने बताए । उनले अराजकहरुले अनावश्यक हल्ला गर्दै पत्रकारलाई हत्या गरेर स्वतन्त्र प्रेसमाथि हमला गरेको घटना निन्दनीय भएको बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले निर्दोष पत्रकारको हत्या गरेर गाणतन्त्र कमजोर नहुने बताउंदै पत्रकार शुरेस रजकलाई उचित क्षतीपूर्ति दिन र दोषीलाई हदैसम्मको कारवाही गर्न माग गरे ।
नेपाल पत्रकार महासंघ रुपन्द्येहीका पूर्व अध्यक्ष डाक्टर बालकृष्ण चापागाईले वलिदान दिएर ल्याएको लोकतान्त्रिक गणतन्त्र र पे्रस स्वतन्त्रताको बिरोध गर्ने राजावादीहरुलाई कारवाही गर्नुपर्ने बताए । पत्रकार र मिडियामाथि ज्यादती गर्ने गाण्तान्त्रिक व्यवस्था बिरुद्व लाग्नेबिरुद्व पत्रकारहरु एक जुट हुनुपर्नेमा जोड दिए ।
प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेलले जनताले सदाका लागि फालेका, जनता, संगठन र एजेण्डा केही नभएका राजावादीहरुलाई गणतन्त्र र पे्रस स्वतन्त्राको बिरोधमा बोल्न पनि छुट नभएको बताए । आन्दोलनको रिपोर्टिङ गर्न पुगेका पत्रकार शुरेर रजकलाई हत्या गर्ने, मिडिया हाउसहरुमा ताडफोग गर्ने, व्यक्ति र दलका कार्यालय तोडफोड गर्ने राजावादीप्रति मुर्दावाद र श्रदाञ्जली अर्पण गर्दै कडा कारावाही गर्न राज्यसंग माग गरे ।
नागार्जुनमा सम्मानका साथ राखिएका पूर्व राजालाई त्यहांबाट निकालेर कारवाही गर्नुपर्ने बताउंदै मृतक पत्रकारको परिवारलाई उचित क्षतीपूर्ति र मिडिया हाउसहरुमा भएको भौतिक क्षतीको क्षतीपूर्ति दिन राज्यसंग माग गरे ।
कार्यक्रममा पे्रस युनियन रुपन्देही सभापति कविन्द्र नेपाल, पे्रस चौतारी नेपाल रुपन्देही अध्यक्ष भगवती पाण्डेय, समाजवादी पे्रस संगठन रुपन्देही अध्यक्ष विनोद परियार, पे्रस सेन्टर रुपन्देहीका ओम पंगेनी, जनपत्रकार संगठनका रुपन्देही अध्यक्ष विनोद खनाल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा विसी लगायतले बोल्दै पे्रस स्वतन्त्रताको हनन् गर्दै पत्रकारको हत्याको घटना जघन्य अपराध भएको बताउंदै आन्दोलनको आयोजक राजावादहीहरुलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेयको अध्यक्षता र सचिव सिपी खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।