लैंगिक समानताको उपलब्धि संस्थागत हुनुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

रमा पन्थी

रुपन्देही, चैत १७ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानताकालागि हाल सम्म गरिएका प्राप्त उपलब्धि संस्थागत नहुँदा क्रमशः कमजोर बन्दै गएको बताएकी छन्। शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा भैरहवामा आयोजित लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस विषयमा सबै पक्ष संवेदनशील हुनुपर्ने आग्रह गरिन्। कार्यक्रम ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो।

पुरुष को तुलनामा महिलाले गरेको काम राम्रो र समयमा नै सकिन्छ तर पद पाउन गाह्रो छ। उपलब्धि पनि उत्कृष्ट छ। उनले संविधानले महिला समानता र सशक्तिकरणका लागि दिएका अवसरहरूको पूर्ण सदुपयोग गर्नुपर्ने बताइन्।भण्डारीले अहिलेसम्म को बुजाइ, भोगाइ र देखेको कुरा मध्यनजर गर्दा महिलाहरु समान पदमा पुगे पनि उनीहरूलाई क्षमताअनुसार नेतृत्व गर्न नदिइनु दुःखद कुरा रहेको बताइन् । भण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम अवसर दिइनु र समानुपातिक सांसदहरूमाथि असमान व्यवहार हुनु संविधानविपरीत भएको बताउँदै तत्काल सुधार गर्न आग्रह समेत गरिन्।

पूर्वराष्ट्रपतिले घरपरिवारदेखि राज्यका निकायसम्म लैंगिक असमानता हटाउन नीति सुधार आवश्यक रहेको बताइन्। महिलालाई आत्मनिर्भर बनाउन शिक्षा र आर्थिक क्रियाकलापमा संलग्न गराउनुपर्ने उनको भनाइ थियो। साथै, सामुदायिक विद्यालय सुधार गर्न तथा पोषणयुक्त स्थानीय खाजा खुवाउने व्यवस्था प्रबाबकारी देखिएको ले अझै सुधार गर्न उनले जोड दिइन्। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैंगिक समानता र महिला सशक्तिकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
पूर्वराष्ट्रपति भण्डारीको नेपाली समाजमा धेरै ठुलो योगदान रहेकोमा उहाँको योगदानको एक्यवद्धता कायम राख्दै अगाडि बढ्नुपर्नेमा माननीय मेनुका पोख्रेलको सुझाव थियोे ।

कार्यक्रमको नारास्वरूप ‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ रहेको थियो। १०९ पालिकाको सहभागिता भएको उक्त कार्यक्रममा सहभागी महिला माननीय देखि जनप्रतिनिधिहरू समेतको एउटै गुनासो थियो , समान पदमा भए पनि महिला भएकै कारण बजेट बनाउदा देखि कार्यान्वयन गर्दा समेत भेदभाव भोग्नुपरेको छ।

एमाले नेतृ पद्मा अर्यालले राजनीतिमा महिलाको बढ्दो सहभागिताले दिन प्रतिदिन सकारात्मक प्रभाव पारेको र यो उल्लेख्य सहभागीता नै सकारात्मक सन्देश भएको उल्लेख गरिन्।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले राज्यका निकायमा महिला सहभागिता सुनिश्चित भए पनि प्रमुख पदमा पुग्न अवरोध रहेको बताइन् । साथै उनलेे यो उल्लेख्य सहभागीलाई हेर्दा केही हदसम्म सकारात्मक लिनुपर्ने बताइन् । उनले सिद्धार्थनगर नगरपालिकाले सीप सिकाएका महिलाहरू उक्त कार्यक्रममा स्टल लगाउन सफल भएको बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation