ग्लोबल आवाज डटकम र नेपाल ईन्जीनियर्स एशोसीयसनले जिते उपाधी

रुपन्देही चैत्र- १८
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजानमा भएको मिडिया कप फुटसल प्रतियोगीताको उपाधी ग्लोबल आवाज डटकमल र कर्पोरेट कप को उपाधी नेपाल ईन्जीनियर्स एशोसीयसन लुम्बिनीले जितेको छ । नेपाल ईन्जिनियर्स एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६–१ गोल तथा ग्लोबल आवाजले बुद्ध टिभीलाई ८–२ को फराकिलो गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए । यस्तै संचारीका समूह र डब्लुडब्लुजे विच भएको मैत्रीपूर्ण खेल संचारीका समूहले जितेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation