प्रदर्शनस्थलमै समातिएका दुर्गा प्रसाईं कसरी फुत्किए

काठमाडौं । शुक्रबार तीनकुनेमा दुर्गा प्रसाईंले उत्तेजित हुँदै प्रहरी, सञ्चारकर्मी अनि आफ्नै समर्थकलाई समेत किच्याउने हिसाबले गाडी हुइँक्याएको दृश्य तपाईंले हेर्नु भएकै होला ।

धेरैले त्यो श्रव्यदृश्य हेरेपछि प्रहरीमाथि प्रश्न गरेका छन्, किन त्यतिबेला गोली चलाइएन ? काठमाडौंका प्रहरी अधिकृतहरु नै उनको त्यो गतिविधिलाई केही बेर पहिल्यै रोक लगाउनु पर्नेमा चुक भएको स्वीकार्छन् ।

धेरैले त्यसबेला आत्मरक्षाका अरु कदमहरु किन नचालेको भनेर फिल्डमा खटिएका प्रहरीहरुमाथि पनि प्रश्न गरिरहेका छन् । तर, कमैलाई थाहा छ, प्रसाईं त्यसरी उद्दण्डता मच्चाउँदै तीनकुने पुल कटेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सुविधानगर अगाडि प्रहरी घेरा हालेर बसेको ठाउँमा उनी ‘बाग्मती प्रदेश ०२७ च ३८४७’ नम्बरको गाडी हुइँक्याउँदै आएका थिए, पछाडि उनका समर्थक र केही युट्युबरहरु चढेका थिए । त्यही बेला निषेधित क्षेत्र तोडेर अगाडि बढ्न नदिने गरी लहरै खटिएकामध्ये एक प्रहरीले प्रसाईंको गाडीको चाबी खोस्न खोजेका थिए ।

तर, उनले झ्यालको सीसा बन्द गरिहाले । र, जबरजस्ती अगाडि बढे । आफैंलाई किच्याउने स्थिति भएपछि प्रहरी पछि हट्न बाध्य भयो । थोरै अघि रहेका सशस्त्र प्रहरीको टोलीले भने प्रसाईंको गाडीमा लाठी बजारे, यद्यपि तीब्र गतिमा आएका अराजक प्रसाईंसामू तत्काल सशस्त्र प्रहरीले पनि थप कदम चाल्न सकेन ।

तीनकुने पुल कटेपछि बीचको लेन बन्द थियो, उनले गाडी दाहिनेतिर मोडे । त्यहाँ रहेको ट्राफिकको गति सीमित गराउने ‘कोन’मा समेत हान्दै प्रसाईं तीन सय मिटर अगाडि गए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation