
काठमाडौँ । अखिल (छैठौं) ले राष्ट्रिय जनमोर्चाद्वारा आयोजित चैत २४ देखि ३० गतेसम्मको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै चैत २० गते साँझ ८ बजे फेसबुकको प्रोफाइल फोटो बदल्ने भएको छ ।
अध्यक्ष सुवाश जिसीको हस्ताक्षरमा २०८१ चैत १९ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै युनियनले सो जानकारी दिएको हो ।
यस्तो छ, वक्तव्यको पूर्ण पाठ :
“अखिल (छैठौं) ले राष्ट्रिय जनमोर्चाद्वारा आयोजित काठमाडौँकेन्द्रित आन्दोलन चैत २४–३० लाई प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले यही चैत २० गते साँझ ८ बजे सबै सङ्घीयता विरोधी साथीहरूले आफ्नो फेसबुकको प्रोफाइल पिक्चर बदलेर सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको आधिकारिक लोगो राख्ने निर्णय गरेकाले सबै साथीहरूले चैत २० गते साँझ ८ बजे एकैपटक आफ्नो फेसबुकको प्रोफाइल पिक्चर बदल्नको लागि हार्दिक अनुरोध गर्दछौँ । यो खाली सामान्य कुरा नभएर प्रचारप्रसार र ऐक्यबद्धताको लागि एउटा अभियान पनि भएका कारण सबै साथीहरूले आफू पनि सहभागी बन्ने र अरू साथीलाई पनि यो अभियानमा सहभागी गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।”