किसानलाई व्यावसायिक बन्न आग्रह: कृषिमा लगानी बढाउछौ अध्यक्ष खड्का

जुमान सिंह केसी

प्युठान मल्लरानी गाउँपालिकाको चुजाठाटीमा मल्लरानी कृषि सानाकिसान सहकारी संस्थाको आयोजना तथा मल्लरानी गाउँपालिकाको आर्थिक सहयोगमा अदुवा खेती सम्बन्धि तालिम संचालन भएको छ।

४ दिने तालिमको उद्घाटन तथा किसानलाई सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले कृषिपेशालाई आधुनिकीकरणको माध्यमबाट अगाडि बढाई ब्यावसायी बन्न आग्रह गर्नुभएको छ। “उहाँले गाउँपालिकालाई पुग्ने गरि अदुवा/बेसारको बिउ उत्पादन गर्न सकेमा पालिका आत्मनिर्भर बन्ने बताउनुभयो।

सामग्री वितरण कार्यक्रममा बोल्दै खड्काले भन्नुभयो आफ्नो सन्ततिलाई कृषिपेशाप्रती आकर्षक गर्नजरुरी रहेको भन्दै कृषि तथा पशुपालनका माध्यमबाट आर्थिक उपार्जन गर्न सकिने बताउनुभयो।

गाउँपालिका कृषि र पशुपालनको क्षेत्रमा किसानलाई फाइदा पुग्नेगरि विभिन्न प्याकेजका कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो। किसानलाई हौसला दिनुपर्छ किसानले उत्पादन नगरेसम्म मानव जिवित रहन नसक्ने भन्दै कृषिलाई विशेष ध्यानदिन जरुरी छ तपाईं मिहेनत गर्नुस हामी आवस्यक सहयोग गर्न तयार छौँ हाम्रो योजना गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर गराउने छ”।

मल्लरानी गाउँपालिका २ र ३ नम्बर वडाका किसानहरुका लागि तालिम संचालन गरिएको हो। मल्लरानी गाउँपालिकाको आव ०८१/०८२ मा नयाँ अदुवा/ बेसार बाली पकेट बिकास कार्यक्रम अंतरगत कार्यक्रम संचालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख मोति आचर्यले बताउनुभयो।

किसान्लाई सामग्री वितरण :
अदुवा भण्डार गर्नको लागि किसानलाई क्यारेट २२ थान क्यारेट २८ थान त्रिपाल समेत वितरण गरिएको छ।
साथै किसानलाई जग्गा तयारीको लागि ४ वटा मिनिटिलर वितरण गरिएको छ मल्लरानी गाउँपालिका ५ का मुकुन्द मल्ल, २ का हिरा राना, ३ का मनकला राना र हरि बिकलाई हस्तान्तरण गरिएको सानाकिसान कृषि सहकारीका उपाध्यक्ष गिरिराज पौडेलले बताउनुभयो।

किसानलाई पचास प्रतिशत अनुदानमा ८० कुइन्टल अदुवाको बिउ,मिनिटिलर र ८५ प्रतिशत अनुदानमा क्यारेट र त्रिपाल वितरण गरिएको संस्थाका अध्यक्ष दुर्गारानले बताउनुभयो।

४ दिन सम्म विभिन्न स्थानमा चल्ने तालिमको सहजीकरण कृषि शाखाका मोति आचर्य, कृषि स्नातक बिपिन आचर्य र प्राविधिक सहायक निम बहादुर केसीले गरिरहनु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation