दुर्गा प्रसाईंको खोजी विशेष ब्यूरोलाई जिम्मा, नेपालबाहिर रहेको अनुमान’

रुपन्देही ,

राजावादी जनप्रदर्शनका अगुवा दुर्गा प्रसाईंको खोजीको जिम्मा अब प्रहरीको विशेष ब्यूरोले लिएको छ। यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) र उपत्यका अपराध अनुसन्धान कार्यालयले गरिरहेको अनुसन्धान विशेष ब्यूरोलाई सुम्पिएको हो। प्रसाईं हाल नेपालबाहिर रहेको अनुमान गरिएको छ, जसका कारण सुराकी संकलन र उनलाई फिर्ता ल्याउने प्रक्रियामा चुनौती थपिएको छ। सुरक्षा निकायका अनुसार उनी कुन देशमा छन् भन्ने यकिन नभए पनि विभिन्न कूटनीतिक तथा प्रविधिगत माध्यमबाट उनको अवस्थिति पत्ता लगाउने प्रयास भइरहेको छ। यसअघि चैत्र १५ गतेको घटनापछि उनलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन भए पनि सफल हुन सकेको थिएन। सरकारले उनलाई कानुनी दायरामा ल्याउन विशेष रणनीति अपनाउने तयारी गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation