म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार ८८६ पुग्यो, ३७३ अझै बेपत्ता

एजेन्सी , गत साता गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ ।

सिन्हवाका अनुसार भूकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् ।

प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिँदै उनले विभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन् । उनले भुकम्पको विनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन् । ‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation