रास्वपाका जिल्ला सभापति डा. राई भाटभटेनी लुटपाटमा पक्राउ

काठमाडौंमा चैत १५ गते दुर्गा प्रसाई नेतृत्वको राजावादी हिंसात्मक प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक जिल्ला सभापति संलग्न रहेको खुलेको छ । रास्वपाका खोटाङ जिल्ला सभापति डा. राजकुमार राई घटनामा संलग्न भएको पाइएपछि पक्राउ परेका हुन् ।

अमेरिकाबाट पीएचडी गरेका र काठमाडौंको बालकुमारीस्थित सीसीआरसी कलेजका निर्देशक समेत रहेका राईलाई सीसीटीभी फुटेजका आधारमा पहिचान गरिएको थियो ।

सार्वजनिक भएको भिडियो फुटेजमा राईले कोटेश्वरको भाटभटेनीबाट ब्ल्याकलेबल र ब्लू लेबल जस्ता महंगा ब्रान्डका मदिरा चोरी गरिरहेको स्पष्ट देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation