
रमा पन्थी ,रुपन्देही
समाजवादी विद्यार्थी युनियन, नेपालले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। महाधिवेशन यही चैत २३ गते शनिबार दिउँसो १ बजे रुपन्देहीको भैरहवास्थित पटवा बैंक्वेटमा उद्घाटन हुने भएको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रमलाई जसपा नेपालको अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष राजकिशोर यादव, महासचिव एवं पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
सह-संयोजक एवं समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष संजय राईले वर्तमान शिक्षा प्रणालीप्रति आफ्नो धारणा व्यक्त गर्दै यसलाई मौलिकता, समावेशिता र वैज्ञानिक दृष्टिकोणबाट पुनःसंरचना गर्नुपर्ने बताएका छन्।
महाधिवेशनमा देशभरका सात सय (७००) प्रतिनिधि र एक सय (१००) पर्यवेक्षकहरूको सहभागिता रहने छ। महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्ने र विद्यार्थी आन्दोलनलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ।
पत्रकार सम्मेलनमा जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा वि.क., रीता यादव,
लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, सचिव विष्णु अधिकारी, समाजवादी विद्यार्थी युनियन, नेपालका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव लगायतको सहभागिता रहेको थियो । उक्त सम्मेलनका बक्ता हरु ( विभिन्न नेताहरू, समाजसेवी तथा सरोकारवालाहरू)
ले पत्रकार मित्रहरूको भुमिका अति महत्त्वपूर्ण रहेकोले साथ सहयोग गर्दै सकारात्मक भूमिका खेल्न अनुरोध गरेको छ।