शंकरनगर बनवाटिकाको अध्यक्षमा विप्लव नेतृत्व नेकपा समर्थित स्वतन्त्र उमेदवार खिमलाल पाण्डे बिजयी

विनोद खनाल, बुटवल
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न.१ र २ मा रहेको शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनबाटिकाको शुक्रवार सम्पन्न चौथो अधिवेशनमा सत्ता गठबन्धनका उमेदवारलाई पराजित गर्दै विप्लव नेतृत्व नेकपा समर्थित स्वतन्त्र उमेदवार खिमलाल पाण्डे निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवार खिमलाल पाण्डेले एमाले, काँग्रेस गठबन्धनबाट अध्यक्षमा भिडेका इन्जिनियर किरण खरेललाई १३५ को फराकिलो मतले पछाडि पार्दै बिजयी भएका हुन् । खसेको कुल मत ६६१ मध्ये पाण्डेले ३६९ मत प्राप्त गरेका थिए भने खरेलले २३४ मात्र प्राप्त गरेका थिए । अर्का अध्यक्ष पदकै उमेदवार टीकादेवी आलेले जम्मा ३९ मत प्राप्त गरेकि थिईन ।
यस्तै गठबन्धनबाट उपाध्यक्ष पदमा उम्मेदवार मिनप्रसाद देवकोटा ३७८ मत प्राप्त गरी बिजयी भएका छन भने सचिवमा स्वतन्त्रबाट बिदुर केसी ३८२ मत ल्याई बिजयी भए र कोषाध्यक्षमा गठबन्धनका मनिराम भट्टराई ३८५ मत ल्याई बिजयी भएका छन् ।
शुक्रबार विहान आठ बजेदेखि शुरु भएको मतदान दिउँसो पौने दुईबजे सकिएको थियो भने २ बजेबाट सुरुभएको मतगणना राति ९ बजे सकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation