‘सङ्घीयता घाँडो भो’ अडियो एल्बम सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सञ्चालन गर्न थालेको सङ्घीयताको विरोधमा काठमाडौँकेन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा “सङ्घीयता घाँडो भो’ अडियो एल्बम सार्वजनिक भएको छ ।

२०८१ चैत २२ गते शुक्रबार आश्रम म्युजिकको युट्युब च्यानलबाट सो गीतिएल्बम सार्वजनिक भएको हो ।

चार मिनेट २४ सेकेन्डको सो एल्बमको शब्द, सङ्गीत र सङ्गीत एरेन्ज हेमराज आश्रमको रहेको छ ।

त्यस्तै, एलबममा स्वर हेमराज आश्रम, रिता पुन, मेस्मा पुन, मानबहादुर परियार, विन्दु परियार र हरि सर्तुङीले दिनुभएको छ ।

एलबमको उत्पादन अमृता रानाथापा र मीना पुनले गर्नुभएको हो ।

यस्तो छ गीत

जताततै भेटिन्छन् मन्त्री पूर्वमन्त्री
सौ प्रदेश सहरमा सभासदको जन्ती
घाँडो भो सङ्घीयता घाँडो भो
नेपाललाई सेतो हात्ती पाल्नै गाह्रो भो

बलियो बनाउन, अखण्डता राष्ट्रियता
छोड्नैपर्छ नेपालले व्यवस्था सङ्घीयता
भ्रष्टाचारले सीमा नाघ्यो देश डुब्दै गयो
देश चलाउन भिक माग्दा रिन बढ्दै गयो

देशका सबै राजस्व, तलब र भत्तामा
तिनै मात्र मोटाए जो छन् माथि सत्तामा
महँगीले सतायो जनता बाँच्ने कसरी
उखेलेर फाल्नैपर्छ सङ्घीयता जसरी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation