चेन्नइ पश्चिममा एरिया भेला सम्पन्न

कोटि प्रसाद पोख्रेल
चेन्नई
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समिति द्वारा संचालित कोयम्बेडु एरिया समितिको २०औं सम्मेलन पछिको प्रथम भेला एकादेव शर्माको अध्यक्षता तथा किशोर शर्माको संचालनमा सम्पन्न भएको छ। मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपालीको प्रमुख, अतिथि मूल प्रवाह दक्षिण भारत क्षेत्रिय सचिवालय सदस्य तथा चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेल दक्षिण भारत क्षेत्रिय सल्लाहकार तथा चेन्नई पश्चिम नगर सचिवालय सदस्य नेत्रलाल शर्मा अतिथि आसन । ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण उपस्थित जनमानसलाई शब्दबाट कमला शर्माले स्वागत गर्नुभएको थियो। उक्त भेलाको उद्घाटन तालीको गड्गडाहट बिच ब्यानर खोलेर केन्द्रीय सदस्य केशमान नेपालीले गर्नुभएको थियो। उद्घाटन मन्तव्य राख्दै वहाँले हाम्रो समाज बिथोल्न खोज्ने अवसरवादीहरु उनिहरुको आफ्नै व्यावहारले ठाउँ ठाउँबाट किनारा लाग्दै गैरहेको र त्यो क्रमले उनिहरु अंध्यारो गन्तव्यतिर सोझिएको बताउनु भयो। भेला सफलताको शुभकामना बुद्धि राम पौडेल तथा नेत्रलाल शर्माले पनि सारगर्भित मन्तव्य सहित राख्नुभएको थियो।
नयाँ कार्यसमितिको प्यानल नगर अध्यक्ष बुद्धि राम पौडेलले प्रस्तुत गर्नुभएको थियो। किशोर शर्माको अध्यक्षतामा १९ सदस्यिय कोयम्बेडु एरिया समिति निर्माण गरेको छ। जो यस प्रकार छ,
१) अध्यक्ष: किशोर शर्मा
२) उपाध्यक्ष: एकादेव शर्मा
३) सचिव: घनश्याम थापा
४) सह सचिव: मोहन बुढा
५) कोषाध्यक्ष: कमला शर्मा
सदस्यहरु,
६) महेन्द्र बोगटी
७) मिन बहादुर क्षेत्रि
८) फुरमान बि क
९) चन्द्र बहादुर थापा
१०) आरती पुनः
११) बिक्रम सिंह ठकुरी
१२) गोबिन्द शर्मा
१३)राजु नेपाली
बैकल्पिक सदस्यहरु,
१४) ओविराम बि क
१५) ईश्वर नेपाली
१६) धनुष बिश्वकर्मा
सल्लाहकार सदस्यहरु
१७) बिजय परियार
१८) मिना कुमारी खत्री
१९) दिल बहादुर बि क
हुनुहुन्छ। नवनिर्वाचित समितिका अध्यक्ष किशोर शर्माले संपूर्ण समितिको तर्फबाट सपथग्रहण गर्नुभएको थियो भने केशमान नेपालीले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation