
फेरि देशभर वर्षा हुने भएको छ । बिहीबार देशभर वर्षा गराउने अर्को प्रणाली भित्रिने भएकाले यो साता गहुँ, मुसुरोलगायत अन्न तथा दलहन बाली नकाट्न मौसम पूर्वानुमान महाशाखाले सुझावसमेत दिएको छ ।
सञ्जीव अधिकारी, मौसमविद्
यो साता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको छ भने भित्र्याउँदा राम्रो हुन्छ । किनकि बुधबारको तुलनामा बिहीबार धेरै पानी पर्ने भएकाले काटेको बाली नष्ट हुन सक्छ । काटेको छैन भने केही दिन पर्खँदा राम्रो हुन्छ ।
मौसमविद्हरूका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाली आकाशमा भित्रिने पूर्वानुमान छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले हाल पश्चिमी वायु र स्थानीय वायुका कारण क्षेत्रगत रूपमा वर्षा भइरहे पनि बिहीबार भित्रिने प्रणालीले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा गराउने प्रक्षेपण रहेको बताए ।
‘गत साताझैँ यो प्रणालीले पनि पूर्वी र मध्य नेपालका धेरै ठाउँमा वर्षा गराउने देखिन्छ, पश्चिममा लुम्बिनीसम्म पनि वर्षा हुनेछ,’ उनले भने, ‘सुदूरपश्चिम र कर्णालीमा भने पहाडी क्षेत्रमा वर्षा हुने देखिन्छ ।’ तर, यो प्रिमनसुन रहेकाले यस अवधिमा स्थानीय वायु पनि वेला–वेला सक्रिय हुने हुँदा सुदूरपश्चिमका तराईमा पनि वर्षाको सम्भावना कायमै छ