विप्लव नेतृत्वको नेकपाद्वारा देशभर खबरदारी सभा

विनोद खनाल, बुटवल
पछिल्लोपटक देशमा राजावादीहरुको सक्रियता बढिरहेको बेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिगामी तथा यथास्थितिवादीहरुको विरुद्ध साङ्केतिक खबरदारी स्वरूप देशभरका स्थानीय तहहरुमा एकसाथ खबरदारी सभा सम्पन्न गरेको छ ।
पार्टीको केन्द्रीय योजना अन्तरगत उक्त कार्यक्रमहरु सम्पन्न भएका हुन ।
यसै विच नेकपा रुपन्देहीले बुटवलमा आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शरद ओलिले प्रतिक्रियावादी, यथास्थितिवादीहरुलाई सबै तिरबाट लखेट्ने चेतावनी दिए । मुलुक महान जनयुद्ध र १९ दिने आन्दोलनबाट प्राप्त संघिय गणतन्त्रबाट पछाडि फर्कन सक्दैन, अहिलेको गणतन्त्र हुँदै समाजवादी ब्यवस्थाको लागि तयारीमा रहन आम नागरिकहरुलाई आह्वान गर्दै नेता ओलिले प्रतिगामी शक्तिहरुलाई राजतन्त्रको सपना नदेख्न चेतावनी दिए । अहिलेका संसदवादी दलहरु र सत्ताले अर्बौं भ्रष्टाचार गरेको, आम नागरिकहरुको थाप्लोमा अर्बौं ऋण बोकाएको, युवा जनशक्तिहरुलाई विदेश जान बाध्य बनाएको आरोप लगाउदै सबै भ्रष्टहरुको छिट्टै जनताले हिसाबकिताब गर्ने बताए ।
नेता ओलिले समाजवादी राज्यसत्ता बाहेक देशलाई समृद्धिमा लैजाने अर्को व्यवस्था नभएको कारण नेपाली विशेषता अनुसारको समाजवाद आफ्नो पार्टीले बहसको लागि अगाडि बढाएको बताए । यसैगरी नेता ओलिले जनताको भावनाको संमान गर्दै सबै मोर्चाबाट संघर्ष अगाडि बढाउन पार्टी तयार रहेको बताए ।
उक्त कार्यक्रमको संचालन बुटवल नगर कमिटि सेक्रेटरी विज्ञान सीले गरेका थिए ।
यस्तै रुपन्देहीका चार ठाउँमा सम्पन्न कोणसभामा धकधईमा पोलिटब्युरो सदस्य बिनोद उपाध्याय र केन्द्रीय प्रतिनिधि सदस्य शिशिर सी, सियारीमा केन्द्रीय सदस्य नबिन सी र केन्द्रीय प्रतिनिधि सदस्य मुकेश सी, सैनामैनामा केन्द्रीय प्रतिनिधी सदस्य तेजेन्द्र सीले सम्बोधन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation