हाम्रो चिन्तन र राज्यव्यवस्था

 

-बिन बहादुर रेग्मी,प्यूठानी

यहाँहरुलाई थाहा छ,हामि वहुदलीय राज्यव्यवस्थामा छौं। लोकतान्त्रिक समाजवाद भनेपनि वहुदलीय जनवाद भनेपनि, अर्को शब्दमा गणतान्त्रिक प्रजातन्त्र जे भनेपनि यो पुँजिवादी प्रतिक्रियावादी राज्य व्यवस्था हो।यो कहाँबाट भित्र्याईयो त भन्दाखेरि यो खासगरेर छिमेकी देश भारतको नक्कल हो।भारतको लोकतन्त्र विश्वकै सबैभन्दा ठूलो प्रजातन्त्र मानिन्छ।भारतमा सत्तरी असी बर्ष देखि यस्तो खालको राज्य व्यवस्था चलिरहेको छ। त्यहाँपनि थुप्रै दल समुह पार्टि हरू जन्मिने हराउने गरेका छन। चन्द्रबाबु नाईडुको तेलगु देशम पार्टिले गरिबलाई दुई रूपये किलो गहुँ दिने नारासहित चुनाव जितेर सत्तामा गयो, दुई रूपये किलो गहुँ पनि दियो, जनताको मूल समस्या त्यो थिएन, भ्रष्टाचार मूल समस्या थियो। केजरीवाल लाई त्यो कुरा राम्रोसँग थाहा थियो। भ्रष्टाचार लाई मुद्दा बनाएर गरिब जनताका मसिहा बन्ने कोसिस गरें,सायद उनलाई पनि थाहा थियो यो राज्य व्यवस्थामा भ्रष्टाचार खतम गर्नु सम्भव नैं छैन, भ्रष्टाचार नियन्त्रण को कुरा चाँहि गर्न सकिन्छ बरू यहाँका जनताहरू राजनैतिक वैचारिक रुपमा यति पछाडी जंगली अवस्थामा छन कि फ्रि को प्रलोभनमा भोट किन्न सकिन्छ विजुली फ्री, पानी फ्री,बस फ्री, मेट्रो फ्री, दवाई फ्री फ्री फ्री… यसरी सत्तामा पुग्ने भर्याङ बने जनता। जनताको राजनैतिक चेतना स्तर उठेन, फ्री को लोभ मोह लालचमा भोटबैंकको रूपमा प्रयोग हुदै आएँ। आजपनि सत्तामा पालैपालो यसरि जनताको ढाडमा टेकेर राज गरिरहेका छन तर गरिब दूखी जनताका समस्याहरू ज्यू का त्यूँ जस्ताको तेस्तै झन झन जर्जर बन्दैछन। किसानहरूले आत्महत्या गरेका छन, मजदूरहरूको स्थिति दयनिय छ। भ्रष्टाचार कालाबजारी मौलाएको छ। यो त हामिले देखेको भोगेको कुरा हो। बुझ्नको लागि र बिषयबस्तु स्पष्ट पार्नको लागि सन्दर्भ कोट्याएको मात्रै हो। हाम्रो देश नेपालमा विकास भएन। प्रजातन्त्र गणतन्त्र संघीयता ले पेट भरिएन, कहाँबाट भरियोस त?यो राज्य व्यवस्थामै खोट छ। यहाँ नयाँ नयाँ खरानी घसेर आएका जोगीहरू ले विकास गर्छौं,चौरासीमा सत्ता कब्जा गर्छौं,भनेका छन नि, हो राजनैतिक चेतना स्तर नऊठेका तिनै जंगली सोच भएका भोटर मुर्खहरूलाई ठिक हो भन्ने लाग्ला तर यसरि राज्य व्यवस्थाको चरित्र बुझेका सचेत नागरिकले सत्तामा जो आएपनि देश र जनताकाे हितमा कुनै चमत्कार नहुने देख्छन किनकी यो राज्य व्यवस्थामै खोट छ। तस्करी र दलाली यो व्यवस्थाको मेरूदण्ड हो। भ्रष्टाचार यो व्यवस्थाको मुटु हों, हेर्नुहोस न पोखरा एयरपोर्ट निर्माणमा दश अर्ब भ्रष्टाचार। यो राज्य व्यवस्थाको मुटु को कुरा हो। फोक्सो र कलेजोको कुरा पछि गरौंला क्रमशः।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation