
रुपन्देहीको टवल उपमहानगरपालिका -११, बुद्धनगरमा आज बिहान गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । पाल्पा रैनादेवी छहरा घर भई बुटवल बुद्धनगरमा बस्दै आएकी युवती टिका बिष्ट क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
गोली के कारणले चलेको हो भन्नेबारे थप अनुसंधान भैरहेको प्रहरीले जनाएको छ । घाईते महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।
केहि दिन अघि एकजना भारतीय एक युवक संग बिवाद भएकोले उनले गाेलि हानेको हुन सक्ने स्थानियले आशंका गरेकाे बताए।
गाेली प्रहारमा सम्लग्नकाे खाेजी भैरहेको प्रहरीले बताएको छ।