
चेन्नई,
कोटि प्रसाद पोख्रेल
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम र दक्षिण नगर समितिको संयुक्त आयोजनामा नयाँ बर्षको शुभकामना आदान प्रदान, भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
मूल प्रवाह चेन्नई दक्षिण नगर समितिका सचिव रोम बहादुर सापकोटाको अध्यक्षता। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय सदस्य तथा पश्चिम नगर सचिवालय सदस्य किशोर शर्मा शर्माको उद्घोषण मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय समितिका अध्यक्ष चन्द्र बहादुर थापाकको प्रमुख अतिथि , मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रिय सदस्य हरी प्रसाद शर्मा, मूल प्रवाह दक्षिण भारत क्षेत्रिय महिला बिभागकि सदस्य मिना सापकोटा, रक्तिम सांस्कृतिक दक्षिण भारत क्षेत्रिय बिभागबाट डिल बहादुर जि एम को अतिथि आसन ग्रहण ज्ञात अज्ञात शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पश्चात रक्तिम सांस्कृतिक विभागका कलाकार ले गीतबाट र मूल प्रवाह दक्षिण भारत क्षेत्रिय समितिका सल्लाहकार तथा चेन्नई पश्चिम नगर समितिका सचिवालय सदस्य नेत्रलाल शर्माले शब्दबाट उपस्थित जनमानसलाई स्वागत गर्नुभएको थियो । प्रमुख अतिथी चन्द्र बहादुर थापाले नयाँ वर्ष २०८२ को उत्साह र उमङ्ग जस्तै गरी २०८२ ले संगठनमा पनि उत्साह र उमङ्गको उभार ल्याउनेछ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज प्रवासमा रहने नेपालीहरूको अभिभावक भूमिका खेल्ने संगठन भएको हुँदा २०८२ नयाँ वर्षको उमङ्गले संगठमा अझ ऊर्जा थपिनेछ प्रवासमा छरिएर रहेका नेपालीहरूलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द गर्ने हौसला प्रदान गर्नेछ। र प्रवासमा रहने नेपालीहरूको पीडामा मलम्पट्टी लगाउँदै आएको मूल प्रवाहको झण्डामुनि सबैलाई गोलबन्द हुन २०८२ ले राम्रो भूमिका खेल्नेछ। भन्ने शुभकामना दिनुभएको थियो
मूल प्रवाह केन्द्रीय सदस्य,केशमान नेपाली, मूल प्रवाह क्षेत्री सदस्य हरी प्रसाद शर्मा, मूल प्रवाह महिला विभाग मिना सापकोटा रक्तिम सांस्कृतिक को तर्फबाट,डिल बहादुर जि एम, प्रकाश बहादुर नेपाली, राजेश बि क, कमला शर्मा,केशव नेपालीले नयाँ वर्ष २०८२ को शुभकामना मन्तव्य व्यक्त गर्नुभएको ।।